एक मतान्तरले विजयी भए जनता समाजवादीका गडेरीया

लोकपथ
6.4k
Shares

बुटवल । रुपन्देहीको सुद्धोधन गाउँपालिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ।

सुद्धोधन गाउँपालिका- १ मा जनाता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया (बावुराम पाल) ले विजय हासिल गरेका हुन् । उनी एक मतान्तरले विजय भएका हुन् ।

उदयराज गडेरीयाले नौ सय ९२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले नौ सय ९१ मत पाएका छन् । एमालेका उम्मेदवारले जम्मा दुई सय १२ मत पाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?