निर्वाचनको परिणाम सुखद् आउनेछ : विशाल भट्टराई

लोकपथ
0
Shares

काठमाडौ‌ं । प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसौ‌ं पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खोटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनी अध्ययन गरेका थिए ।

मतदानपछि उनले भनेका छन्, ‘गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।’

मतदान गरेको १० ‌‌औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेको र तीन पटक भने हारेको भट्टराईले बताए । उनले यस पटक निर्वाचनको परिणाम सुखद् आउने पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?