कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी तथा माओवादी नेतृ विना मगरले मतदान गरेकी छिन् । कञ्चनपुरको पुनर्बास नगरपालिका ३ स्थित गोर्खा आधारभूत मतदान केन्द्रमा गएर मतदान गरेकी हुन् ।
पुनर्बास नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा जीवन थापा मेयरमा उम्मेदवार बनेका छन् । उपमेयरमा समाजवादीका धोकेर राना उम्मेदवार बनेका छन् ।
विना आफ्नो गृह नगर पुर्नबासमा स्थानीय तह निर्वाचनका लागि समयदेखि प्रचार प्रसार अभियानमा सक्रिय थिइन् । उनीहरूको चुनावी प्रचार प्रसार अभियानमा उनी सक्रिय भएर लागेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया