महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा स्थानान्तरण

लोकपथ
63
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिब २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । मंगलबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्तरुपमा यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका हुन् ।

शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाल्नु भएकाहरुलाई यस बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कृतज्ञता ज्ञापन गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरुबारे प्रकाश पारे । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्यरुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक भरत प्रसाद खतिवडाले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?