कांग्रेसले गण्डकीमा बनायो निर्वाचनलाई लक्षित अनुगमन समिति

लोकपथ
77
Shares

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसले गण्डकीमा अनुगमन समिति र प्रचार समिति गठन गरेको छ । कांग्रेस सहित गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठको नेतृत्वमा १५१ सदस्यीय समिति गठन भएको हो ।

समितिको उपसंयोजकमा प्रा. डा. कुसुमाकर न्यौपाने, सचिवमा रमेश पौडेल छन् भने सदस्यहरूमा कांग्रेस गण्डकीका सदस्यहरू, प्रदेश मातहतका जिल्ला सभापतिहरू, प्रदेशका सांसद र प्रत्याशीहरू छन् । यस बाहेक भ्रातृ तथा शुभेच्छुक संस्थाका सभापतिलाई पनि समितिमा राखिएको छ ।

यता संगठन विभाग प्रमुख हरि बरालको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ । सदस्यमा वीरेन्द्र मण्डल, जीवन बास्तोला, शिरोमणि बराल, देवीश्री कार्की क्षेत्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?