बेलकोटगढी ८ मा कांग्रेसबाट वडाध्यक्षमा गोकर्ण पुडासैनीको उम्मेदवारी

लोकपथ
1.5k
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ मा नेपाली कांग्रेसको तर्फबाट गोकर्ण पुडासैनी (जिपी) ले वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका छन् ।

लामो छलफलपछि वडाध्यक्षको टिकट पाएका पुडासैनीले आफ्नो प्यालनसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्यालनका वडा सदस्यहरुमा सुमन पुडासैनी, निराजन थापा रहेका छन् भने महिला उम्मेदवाहरुमा राधा गजुरेल खतिवडा र सरस्वती सुनारले उम्मेदवारी दर्ता गराए ।

वडाध्यक्षका उम्मेदवार पुडासैनी गाउँका राजनीतिमा चर्चित मानिन्छन् । गाउँमै बसेर काम गरेका पुडासैनी पेसाले कानुन व्यवसायी समेत हुन् । आफूले बेलकोटगढी नगरपालिकाका १३ वटा वडामध्ये नमुना वडा बनाउने योजनासहित उम्मदेवारी दर्ता गरेको बताए ।

त्यसैगरी बेलकोटगढी नगरपालिकामा भने माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ । मेयरमा माओवादी केन्द्रबाट जगत बहादुर लामा र उपमेयरमा कांग्रेबाट शिव दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?