ललितपुर । नेकपा एमाले ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार र उपमेयर मञ्जली शाक्य(आस्था)ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र स्नेहलता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद लिएका छन् ।
आज मनोनयन गर्ने दिन बिहान तीनै जना नेताको निवासमा पुगेर आशीर्वाद लिएका थिए ।
आशीर्वाद लिन बिहान ९ बजे सत्यमोहन जोशीको निवासमा पुगेका थिए । अस्वस्थताका कारण किस्ट अस्पताल भर्नापछि हिजोमात्र डिस्चार्ज भएका जोशीले एमालेका मेयरका उम्मेदवार ब्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यलाई आशीर्वाद दिएका थिए ।
त्यस अवसरमा शताब्दीपुरुष जोशीले दुवैजनालाई विजयीको लागि शुभआशीर्वाद दिएका थिए
लगत्तै शंखमु्ल स्थित दिद्धिलाल सिंहको निवासमा पुगेका दुवैजना उम्मेदवारलाई आशीर्वाद दिँदै सिंहले भने– ‘ललितपुर महानगरपालिकाको समग्र विकास गर्न तपाईँजस्ता उम्मेदवारको आवश्यक छ । यो निर्वाचनमा दुवैजनाको विजयी हुने विश्वास सहित आशीर्वाद दिन्छु ।’
८६ वर्षे एमाले नेता सिंहले जनताको आवश्यकता अनुसार काम गर्नको लागि एमालेको विजय आवश्यक रहेको बताए ।
त्यसलगत्तै पाटनढोकास्थित स्नेहालता श्रेष्ठको निवासमा पुगेर आशीर्वाद ग्रहण गरेका थिए । त्यस क्रममा उनले विजयको शुभकामना दिएको थियो । ८४ वर्षीया श्रेष्ठले आफ्नो जीवनमा ललितपुर महानगरमा एमालेको उम्मेदवार विजय भएको हेर्न चाहेको बताए ।
भेटपछि प्रतिक्रिया दिँदै मेयरका उम्मेदवार ब्यञ्जनकार र उपमेयरका उम्मेदवार शाक्यले इतिहासपुरुष जोशी र दुई वामपन्थी नेताको आशिर्वाटबाट आफुहरुको विजय सुनिश्चित रहेको बताए । उनीहरु दुवैजनाले केहीबेरमा महानगरको निर्वाचन अधिकृत कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया