देशभरका बालिबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

लोकपथ
119
Shares

काठमाडौं । देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आज र भोलि सञ्चालन हुँदैछ । ७५३ वटा स्थानीय तहमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन थालिएको हो ।

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य छ ।

स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट भिटामिन ‘ए’ र जुकाकोऔषधि खुवाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?