काठमाडौं । परिचय नखुलेका दुई जना मृत अवस्थामा फेला परेका छन् ।
तनहुँको ब्यास नगरपालिका-५ पाटनस्थित सेती नदीको दोभानमा हाल परिचय नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै सुनसरीको कोशी गाउँपालिका-७ हरीपुर चोकस्थित सडकको नालामा पनि हाल परिचय नखुलेका करिब ४० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाकाे बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया