‘बैकिङ प्रणालीमा तरलताको चाप रहेकाले केही समय धैर्यता गर्नुपर्छ’

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छिन् ।

सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन् । उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवितमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । तरलता तथा ब्याजदरमा आएको उतारचढाबको कारण समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन् । उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिवीनिवारण तथा वित्तीय पँहुच भन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गरिन् ।

उनले भनिन्,‘ समावेशी आर्थिक विकासका लागि भएका नेपालमा भएका विभिन्न प्रयासका बाबजुत नेपालको कुल जनसख्याको १८ प्रतिशत हिसा अझै पनि गरिवीको रेखा मुनी रहेको छ । अझै पनि २० प्रतिशत जनसख्याको हिसा औपचारिक वित्तीय पँहुच भन्दा बाहिर रहेको स्थितिमा लघुवित वित्तीय संस्थाहरुले गरिवी निवारण, आर्थिक समावेशी करण र समग्र आर्थिक विकासको लागि निश्चय नै प्रभावकारी साधन मानिएको छ । लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा दिन आर्थिक असमानतालाई कम गर्न मदत गदै आएको छ ।

लघुवितले वित्तीय पँहुचबाट बन्चित भएका समुदायलाई वित्तीय पँहुच पुर्‍याएर स्वरोजगार बनाएको छ । अहिले समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेको अवस्थामा लघुवित संस्थाहरुमा पनि तरलताको चाप परेको छ । ब्याजदरको समेत समस्या रहेको छ । अहिले लुघुवितले मात्रै नभएर समग्र अर्थतन्त्र र जनताले पिडा भोग्नु परेको छ । सधैभरी सहज परिस्थिती हुँदैन । व्यापार चक्रको पनि साइकल हुन्छ भन्ने बुझेर धैर्यता लिनु आवश्यक छ । निश्चिय नै स्थिति सुधार हुन्छ ।’

का.मु गभर्नर ढुङगानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसख्याको १८ प्रतिशत हिसा गरिवीको रेखा मुनी रहेको बताइन् । उनले लघुवितले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लंगिक हिंसा र महिला ससक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भुमिका खेलेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?