आसन्न स्थानीय तह निर्वाचनका लागि भरतपुर महानगर पालिकाको प्रमुखमा नेपाली कांग्रेसका १३ जना र उपप्रमुखमा नौ जना आकांक्षी देखिएका छन् ।
आइतबार भएको मनोनयन दर्तामा प्रमुखतर्फ मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शङ्कर कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, नीलकण्ठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।
यस्तै, उपप्रमुख पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने , लक्ष्मी लामिछाने , नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टकनाथ पौडेल, पूर्णबहादुर गुरुङ र राजीव न्यौपानेले मनोनयन दर्ता गराएका महानगर काँग्रेसले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया