काठमाडौं । आगामी स्थानीय निर्वाचनका लागि सत्तारुढ गठबन्धनले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।
उक्त समितिमा गठबन्धनमा आबद्ध सबै राजनीतिक दललाई समावेश गरिएको छ ।
जसमा कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादी केन्द्रबाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट महासचिव वेदुराम भुसाल र उपमहासचिव विजय पौडेल, जसपाबाट अशोक राई, भौतिकमन्त्री रेणुकुमारी यादव र जनमोर्चाबाट हिमलाल पुरी सदस्य रहेका छन् ।
उक्त समितिले आगामी स्थानीय तहको निर्वाचनमा देशभर कसरी तालमेल भइरहेको छ भन्ने विषयमा अनुगमन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया