काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
आइतबारका लागि न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ जना सांसदहरुविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता भङ्ग भएपछि माओवादी आफ्नो पार्टीमा फर्किएको थियो भने माधवकुमार नेपालले १४ सांसदसहित २० प्रतिशत केन्द्रीय सदस्य लिएर नयाँ दल दर्ता गराएका थिए ।
त्यसविरुद्ध परेको रिटमा यसअघि पनि पेसी तोकिएको थियो । यद्यपि मुद्दा ‘हेर्दाहेर्दैमा’मा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया