मेलम्चीको पानी काठमाडौँ लैजाने प्रक्रिया अन्तिम चरणमा

लोकपथ
343
Shares

खानेपानीमन्त्री उमाकान्त चौधरीले सरकारको लक्ष्यअनुसार चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्ने बताएका छन्। बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ ।

उनले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौँ झार्ने सरकारी लक्ष्यअनुसार काम भइरहेको बताए । मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको उल्लेख गर्दै ९ नम्बर गेट आज झार्ने प्रयास गरिने बताए । यसपछि मुख्य काम सकिने उनको भनाइ छ ।

सुरुङ सफा गर्ने क्रममा सुरुङभित्र सोचेभन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्ट्र्याक्टर एस के कन्स्ट्रक्सनका एक सञ्चालक समीर तामाङले जानकारी दिए ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले स्थानीय सरकार पानी पठाउन सदैव तयार रहेको बताउँदै मुहान क्षेत्रको गाउँपालिकालाई सरकारले काठमाडौँ पानी पु¥याएर बिक्री गर्न थालेपछि त्यसको नाफाको प्रतिशत दिन माग गरे ।

काठमाडौँ आइसकेको मेलम्ची खानेपानी आयोजनामा गएको बर्खाको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि यो आयोजना अहिलेसम्म नै ठप्प रहेको छ । अनुगमनमा मन्त्री चौधरीसँगै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेललगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?