सार्वजनिक यातायातको भाडा बढाउने निर्णय

लोकपथ
7
Shares

सार्वजनिक यातायातको भाडादर बढाउने निर्णय भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरी ११ देखि १३ प्रतिशतसम्म सार्वजनिक भाडा वृद्धि गरेको हो ।

यातायात व्यवसायीको मागबमोजिम हाल कायम भाडा दरमा थप ११ देखि १३ प्रतिशत बढाएको मन्त्रालयको भनाइ छ ।

एक प्रदेशबाट अर्को प्रदेशचल्ने यातायातको भाडा बढेको हो । विभागका अनुसार काठमाडौं उपत्यका लगायत प्रदेशभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भने यातायात भाडा बढाइएको छैन ।

विभागले आइतबारमात्रै विभिन्न रुटमा बढेको भाडादर सार्वजनिक गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?