काठमाडौं । कृष्णप्रसाद अधिकारीको हत्या अभियुक्तलाई पुर्पक्षका लागि जेल चलान गरिएपछि जेठ १५ देखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको अनशन तोड्ने प्रयास शुरु भएको छ ।
३४ औँ पटक अनसन बसेकी गोरखा फुजेल–७ का गंगामायालाई मानव अधिकारकर्मीहरु सुवोधराज प्याकुरेल, कनकमणि दीक्षितलगायतको पहलमा अनशन तोडाउने प्रयास भइरहेको एक मन्त्रीले बताए ।
गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्चमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।
तर, गंगामायाले कारबाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिएकी छन् । उनले विगतमा जस्तै पौडेललाई जेल चलान गरिए पनि अदालतबाट छुट्ने आशंका लिएछि छिन् ।
महान्यायाधिवक्ता अग्नि खरेलले गंगामायाको मागबमोजिम अदालतको आदेश कार्यान्वयनका क्रममा अभियुक्तलाई कारागार चलान भइसकेकाले कानूनी कारवाहीलाई अब बन्देज नरहेको जवाफ सरकारको तर्फबाट मानव अधिकारकर्मीमार्फत गंगामायासमक्ष पठाएका छन् ।
०६१ जेठ २४ गते तत्कालीन विद्रोही माओवादीले कृष्णप्रसादको हत्या गरेका थिए ।
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै काठमाडौंको वीर अस्पतालमा अनसन बसिरहेका बेला ३ सय २९ दिनमा २०७१ असोज ६ गते नन्दप्रसादको निधन भएको हो ।
उनको शव ४५ महिनादेखि टिचिङ अस्पतालमा अलपत्र छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया