डा. केसीसँग फोन सम्वाद मिलाइदिन चिकित्सक संघलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  डा. गोविन्द केसीसँग फोन सम्वाद मिलाइदिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ ।  

कर्णालीको जुम्लामा १० दिनदेखि अनसनरत डा. केसीसँग प्रधानमन्त्री ओली आफैंले फोनमा नै सम्वाद गर्न चाहेको स्रोतले बताएको छ । 

प्रधानमन्त्रीले संघलाई डा. केसीसँग सम्वादका लागि वातावरण बनाइदिन आग्रह गरेका हुन् । प्रधानमन्त्रीको सन्देश चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले डा.केसीसम्म पु-याएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  

तर, अहिलेसम्म कुनै फोन नआएको डा. केसीसँगै रहेका किशोर केसीले जानकारी दिए ।

आइतबार साँझ चिकित्सक संघले प्रधानमन्त्री ओलीलाई भेटेर डा. केसीको जीवन रक्षा गर्न माग गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?