नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा पार्टीको नियमावलिका विषयमा छलफल हुने बताइएको छ । 

यसअघि मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकले पार्टीको नियमावलिलाई टुंगो लगाउने जिम्मेवारी केन्द्रिय सचिवालयलाई दिएको थियो  । 

उक्त बैठकमा पार्टी सचिवालयको तर्फबाट महासचिव विष्णु पौडेलले पेश गरेको  मस्यौदा नियमावलिलाई परिमार्जन गर्न पनि स्थायी समितिका सदस्यहरुले सुझाव दिएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?