अपरेसन गंगा : ८३ उडानमार्फत १७ हजारभन्दा बढी भारतीयको उद्धार

लोकपथ
21
Shares
Kyiv, Feb 25 (ANI): 470 students set to exit Ukraine and enter Romania through Porubne-Siret Border. Indian Embassy in Ukraine moving Indians located at the border to neighbouring countries for onward evacuation. (ANI Photo)

काठमाडौं । अपरेसन गंगाअन्तर्गत भारत सरकारले ८३ उडानहरू गर्दै युद्धग्रस्त युक्रेनबाट हालसम्म १७ हजारभन्दा बढी भारतीयहरूलाई भारत फिर्ता ल्याएको छ।

आगामी २४ घण्टामा ३ उडान तालिका तय गरेको छ। प्रस्थान बिन्दुहरूको सन्दर्भमा त्यहाँ सुसेभाबाट दुई उडानहरू र बुखारेस्टबाट एक उडान गरिने भएको छ। जनवरी २०२२ मा एडभाइजरी जारी गरेपछि करिब २२ हजार भारतीयहरु यसअघि नै युक्रेनबाट बाहिरिएका थिए।

भारतीय विदेश मन्त्रालयको उद्धार तथा समन्वय कक्षका साथै युक्रेनस्थित भारतीय दूतावासहरूद्वारा सञ्चालित कन्ट्रोल सेन्टरहरूमा सातै दिन २४ घण्टा उद्धार कार्य जारी रहेने बताइएको छ। कन्ट्रोल रुमले मार्च ७ को दिउँसोसम्म १२ हजार ५८२ कल र नौ हजार १३१ इमेलहरू अटेन्ड गरेको छ।

सरकारले युक्रेनमा रहेका भारतीय नागरिकलाई स्वदेश फर्काउने अभियानलाई तीव्रता दिएको छ। यसअघि आइतबार सरकारले अपरेशन गंगा अन्तर्गत युक्रेनका छिमेकी देशहरूबाट उडानमार्फत झण्डै १६ हजार भारतीय विद्यार्थीलाई युद्धग्रस्त देशबाट बाहिर निकालेको जानकारी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?