पूर्वप्रधानमन्त्री कोइरालाको १२ औँ स्मृति दिवसमा दीप प्रज्वलन

लोकपथ
329
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवसमा सोमबार दीप प्रज्वलन गरिएको छ।

जीपी कोइराला अध्ययन केन्द्रको आयोजनामा काठमाडौंको माइतीघर मण्डलामा दिप प्रज्वलन गरिएको हो।

कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गिरिजाबाबुले  जोखिम मोलेर माओवादीलाई जंगलबाट शान्तिपूर्ण बाटोमा ल्याएको स्मरण गर्दै अहिले माओवादी नेताहरु कचौरा लिएर कहिले बालकोट त कहिले बूढानीलकण्ठ पुगेर आफ्नो अस्तित्वको भीख मागिरहेको आरोप लगाए।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्ट अडान र राजनीतिक मार्गमा हिँड्न आग्रहसमेत गरे। 

त्यस्तै सो कार्यक्रममा बोल्दै कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले गिरिजाबाबुको चट्टानी अडानले मुलुक १२ वर्षे द्वन्द्वबाट निकास पाएको बताउँदै गिरिजाबाबुको सहमति सहकार्य र एकताको सूत्र अहिले झन् आवश्यकता रहेको बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, संस्थाका अध्यक्ष रामप्रसाद अधिकारी, महासचिव निरन्जन थापालगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?