काङ्ग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजाँदै

काठमाडौं । डाक्टर गोविन्द केसीको अनसनको विषयलाई प्रमुखताका साथ उठाएको नेपाली कांग्रेसले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ । 

केसीको जीवन रक्षा र माग सम्बोधनको मागसहित संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लैजान लागिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

शुक्रबार दिउँसो १ बजेपछि संघीय संसदको बैठक बस्दैछ । सो बैठकमा कांग्रेसले प्रस्ताव दर्ता गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?