काठमाडौं । गृह मन्त्रालयको दबाव थेग्न नसकेर सशस्त्र प्रहरी बलका पाँच अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले आज राजीनामा दिएका छन् । पाँचै जना एआइजीहरुले राजीनामा दिएको पत्र गृहमन्त्रालयमा पुगेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजी गर्ने निर्णय संगै सशस्त्रका पाँच एआईजीले राजीनामा दिन गृहले दबाव दिएको थियो ।
तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ०७४ माघ १५ गते सशस्त्रका तत्कालीन डीआईजी जानकीराज भट्टराई, सुबोधकुमार अधिकारी, निराकारमविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठलाई एआईजीमा बढुवा गरेको थियो ।
ओली सरकारको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार देउवा सरकारले ०७४ भदौ १४ पछि गरेका राजनीतिक नियुक्ति सबै बदर भएका छन् । नियुक्ती बदर भएपछि एआईजीहरु राजीनामा दिन बाध्य भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया