कांग्रेसले विधिसम्मत रुपमा उम्मेदवार तय गर्छ : प्रकाशमान सिंह

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाश मान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलिले पाएको जनमतको अपमान गरेर संविधान विपरित चलेपछि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन् । नेपालि कांग्रेस काठमाडौ क्षेत्र नं १० ले किर्तिपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

यो गठबन्धन कांग्रेसको चाहाना नभई मुलुकलाई निकास दिन समयको माग र मुलुको आवस्यकताका आधारमा निर्माण भएको नेता सिंहले बताए ।

स्थानीय चुनावमा गठबन्धनके गर्ने भन्ने विषयमा कार्यकरताका सुभचिन्तकहरुसितको फिटब्याकका आधारमा केन्द्रीय समिति बसेर आधिकारिक धार्णा ल्याउने समेत बताएका छन् । कांग्रेस त विपक्षी दलकै रुपमा काम गरिरहेको थियो भन्दै केपी ओली सरकारले गरेको असंबैधानिक कदमबाट मुलुकलाई निकास दिन समयको माग बमोजिम कांग्रेसले जिम्मेवारी लिएको भन्दै आफ्नो असक्षमता लुकाउन अनावश्यक हल्ला चलाएकाले तिनको पछि नलागि जन्ताको घर घरमा पुगेर बास्तबिकता बुझाउन समेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

मुलुकमा संकट पर्रदा कांग्रेसको काधमा जिम्मेवारी आउने गरेको र संकटबाट मुलुकलाई निकास दिन कांग्रेस कुसलता पुर्बक नेत्रत्वि गरेको उनले बताए ।

फरक प्रंसगमा बोल्द कम्युनिष्टहरु भ्रमको खेति गर्न सिपालु रहेको भन्दै कांग्रेसका जनप्रतिनिधि र कांग्रेसको अगुवाइमा भएका कामका बारे प्रचार प्रसार गरे कांग्रेसको पकक्षमा मत माग्नसमेत कार्यकर्ताहरुलाई निर्देशन दिदै सार्वजनिक रुपमा उठेका हरेक सवालमा कांग्रेसका बारे स्वस्थय सवाल जवाफमा उत्रन समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?