सरकारलाई चुनौती दिँदै कांग्रेसले तोड्यो माइतीघरको निषेधित क्षेत्र

काठमाडौं ।  सरकारले माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको एक हप्ता नपुग्दै निषेधित क्षेत्र तोडिएको छ । 

बुधबार नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा माइतीघर मण्डलामा जम्मा भएका कांग्रेस नेता कार्यकर्ताले सरकारलाई चुनौती दिँदै माइतीघरको निषेधित क्षेत्र तोड्दै सरकारको विरुद्धमा चर्को नाराबाजी गरेका हुन् । 

निषेधित क्षेत्र खारेज गर’, ‘गोविन्द केसी र गंगामाया अधिकारी’को माग पूरा गर लगायतका नारा लगाउँदै उनीहरुले माइतीघर मण्डला परिक्रमा गरेका थिए । 

भने प्रहरी र प्रदर्शनकारीबिच केहिबेर तनाव सिर्जना भएको थियो ।

प्रहरीको धरपकडमा  परी नेविसंघ नेता निरञ्जन थापा, अर्वत थापा लगायत आधा दर्जन प्रदर्शनकारी घाईते भएका थिए । 

सरकारले माइतिघर मण्डलालाई निशेधित क्षेत्र तोकेकोप्रति जनताको मौलिक हक कुण्ठित गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाउदै आएको  छ । 

केहिबेर त्यहाँको सवारी आवागमन प्रभावित बनेको थियो । 

एक साता अघिमात्रै  सरकारले काठमाडौंको माइतीघर लगायत सार्वजनिक स्थलमा सभा र प्रदर्शन गर्न निषेध गर्दै त्यसका लागि निश्चित ७ ठाउँ तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?