काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुलाई स्थानीय तहको चुनावमा चुनाव चिह्न दिने भएको छ। आयोगको बुधबार बसेको बैठकले राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई सशर्त दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचन ऐनको दफा २६ मा राष्ट्रिय मान्यता प्राप्त दललाई मात्र दलीय चुनाव चिह्न दिने व्यवस्था छ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ५२ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ ३ प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने दललाई मात्र राष्ट्रिय दलको मान्यता दिने व्यवस्था छ ।
राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरुले विरोधका कार्यक्रमहरु गर्दै आएका थिए ।
७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण दिन आयोगले समय निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया