नेकपा सचिवालयको तेस्रो बैठक बालुवाटारमा शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) सचिवालयको तेस्रो सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरू भएको छ । विहान ९ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकले पार्टी स्थायी समितिको बिहीबार बस्ने बैठकको तयारीका साथै प्रधानमन्त्री ओलीको चीन भ्रमणको समीक्षा, एकीकृत पार्टीका आन्तरिक काम, शिक्षा विद्येयक, नेताहरुको कार्यविभाजन र संसदीय समिति गठन लगायतका विषयमा छलफल हुनेछ । 

बैठकले पार्टी विधान र नियमावलीसहितको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित महासचिव विष्णु पौडेले जानकारी दिए । नौ सदस्यीय नेकपा सचिवालयको बैठकमा मुलुकको समसामयिक विषयमा समेत छलफल हुने पौडेलले बताए ।

यस अघि प्रधानमन्त्रीको चीन भ्रमण अगाडि असार २ गते सो पार्टीको सचिवालय वैठक बसेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?