नेप्से परिसूचक १९.६५ अंकले गिरावट

लोकपथ
98
Shares

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंकभन्दा बढीले गिरावट आएको छ ।

पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०२ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका २३१ कम्पनीको ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँबराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत घटेको छ ।

उक्त दिन ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँबराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूह ०.६४ प्रतिशतले बढेको छ ।

त्यस्तै, अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.४७ प्रतिशत घटेको छ । त्यस्तै व्यापार, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतले घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै, मैलुङखोला जलविद्युत कम्पनी, सोल्टी होटल र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर मूल्य बढेको छ । तर यता, युनाइटेड इदी मार्दीको सेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । गरिमा विकास बैंकको १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?