दैलेख । नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएको अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।
बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेको नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मतपरिणाम आजै आउनेछ ।’
अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन् ।
दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) संख्या सात सय २१ रहेको छ । अघिल्लो पटकको मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा सात सय ४८ मत भेटिदा मतगणना रद्द गरिएको थियो ।
नेकपा एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नम्बर २ बाट सूर्यबहादुर शाही रहेका छन् भने क्षेत्र नम्बर १ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्मा रहेको अध्यक्ष शाहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया