ओली निवासमा एमालेको सचिवालय बैठक जारी

लोकपथ
168
Shares

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ ।

केहीबेर अघि एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसेको हो । बैठकमा केन्द्रीय कमिटी बैठकको लागि एजेण्डाहरु तय हुनसक्ने स्रोतले जनाएको छ ।

एमालेले आगामी स्थानीय निर्वाचनमा जुट्नका लागि चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।

सोही बैठकको तयारीस्वरुप आजको लागि सचिवालय बैठक बोलाइएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?