काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा आफूहरुले जित्ने दाबी गरेका छन् ।
मंगलबार अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै ओलीले वर्तमान गठबन्धन निर्वाचनमा मिलेर आए मर्याकमुरुक पार्ने मिलेर कर्याकुरुक पर्ने टिप्पणी गरे ।
‘एक्लाएक्लै आए त कर्याककुरुक पार्छौँ,’ ओलीले भने, ‘सबै मिलेर आउँदा पनि मर्याकमुरुक पार्छौँ ।’
देशभरबाट मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेको बताउँदै आफूले कार्यकर्ताहरु माझ हौसला बढाउन नभइ यथार्थमा नै जित्न सक्ने दाबी गरेको बताए ।
‘मेयर, उपमेयर, वडाध्यक्ष एमालेतिर प्रवेश गरिरहेका छन् । त्यसकारण हामी जित्छौं, निश्चित रुपमा जित्छौं । यो अनुमानका भरमा, हौसला बढाउन भनेको होइन यथार्थ आधारमा भनेको हो ।’ ओलीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया