९ कराेड जरिवाना दाबीसहित राजस्व अनुसन्धानद्वारा दुई व्यक्तिउपर आरोपपत्र दायर

लोकपथ
7
Shares

काठमाडाैं । राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले राजस्व छली गरेको अभियोगमा दुई जना व्यक्तिउपर आरोपपत्र दायर गरेको छ ।

विभागका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ सम्बन्धी मुद्दामा मोरङको रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २८ वर्षीय पुस्कर श्रेष्ठ र मोरङकै रतुवामाई नगरपालिका वडा नं ७ बस्ने २३ वर्षीया बिनिता लिम्बुउपर चैत्र एक गते अर्थात् आज मंगलबार काठमाडौं जिल्ला अदालतमा आरोपत्र दायर गरिएको हो ।

विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू, बरामद भएका मोबाइलमा प्राप्त डाटाहरूलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रूपमा मिलिमतो गरी मोबाइल एप्स ‘वान एक्स बिट’, ‘बिनान्स’, ‘एडीभी’ ‘क्यास, क्वाइनबेस, प्याक्सफुल प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर कार्यमा संलग्न रही सामूहिकरूपमा मोरङ रतुवामाई नगरपालिकाबाट डलरको अनलाइनमार्फत अवैध कारोबार गरेको कसुरजन्य कार्यको आधारमा उक्त आरोपत्र दायर गरिएको विभागले जानकारी दिएको छ ।

उक्त कसुरमा प्रतिवादीहरू पुस्कर श्रेष्ठ र बिनिता लिम्बुले एप्स वान एक्स बिट, बिनान्स, एडीभी क्यास, क्वाईनबेस, प्याक्सफुलमार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताको रूपमा रही कार्य गरी प्रतिवादी पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार चार सय २९ रुपैयाँ ८५ पैसा, सिटिजन्स बैंकबाट दुई करोड ५१ ला ४४ हजार ९९ रुपैयाँ ९७ पैसा, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख ४९ हजार आठ सय ८९ रुपैयाँ ३२ पैसा र राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख ६२ हजार पाँच सय ३९ रुपैयाँ ३८ पैसा समेत गरी कुल सात करोड ५७ लाख ७१ हजार नौ सय ५८ रुपैयाँ ५२ पैसा र बिनिता लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख ९८ हजार २४ रुपैयाँ ७४ रुपैयाँ समेत गरी जम्मा नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ २६ पैसाबराबरको रकम प्रतिवादीहरू पुस्कर श्रेष्ठ र र बिनिता लिम्बुले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको मिति २०७४/०४/२९, २०७५/१२/२६ र २०७८/०५/२४ को सूचना समेतले निषेधित कसुर गरेको पुष्टि हुन आएकोले निज प्रतिवादीहरू पुस्कर श्रेष्ठ र बिनिता लिम्बुलाई सोही ऐनको दफा १७ को उपदफा (१) बमोजिम बिगो जफत गरी सजाय हुन र दफा १७ को उपदफा (९) बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदाबी लिइएको विभागले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?