काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै जवाफ फर्काएका छन् ।
सोमबार प्रधानमन्त्री देउवाले नुवाकोटको एक सार्वजनिक कार्यक्रममा आफू मन्त्री भएका बेला रावलले एमसीसीका विषयमा नबोलको तर अहिले विरोधमा उत्रिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै केपी शर्मा ओलीको पालामा मन्त्री भएका बेला एमसीसी संसदमा पेस गर्दा मन्त्री भएका बेला विरोध नगरेको भन्दै दिमाग ठिक थियो या थिएन भन्दै आक्रोश व्यक्त गरेका थिए ।
‘केपी ओलीले पेस गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? रक्षामन्त्री भएर सरकारमा बस्दा एमसीसीबारे थाहा थियो कि थिएन ? एमसीसी खराब थियो भने त्यतिबेला मन्त्रीबाट राजीनामा किन नदिएको ? कि दिमाग फुस्किएको थियो ?’ देउवाले भनेका थिए ।
तर त्यसबारे तत्काल जवाफ फर्काउँदै नेता रावलले आफू ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला मन्त्री बनेको र त्यस बेला एमसीसीका कुनै पनि कुरा संसदमा पेस नभएको बताएका छन् । आफूलाई दिमाग खुस्किएको भनेको प्रति आक्रोश व्यक्त गर्दै नेता रावलले प्रधानमन्त्री स्वंयको होस हराएको वा दिमाग खुस्किएको आरोप लगाउँदै जनतामा भ्रम छरेको भन्दै कडा आलोचना गरे ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता राववले भनेका छन्, ‘ म केपी ओली प्रधानमन्त्री भएका बेला उपप्रम र रक्षामन्त्री थिएँ । प्रम ओलीले एमसीसीसँगको सम्झौता संसदमा ल्याएको बेला होइन । अतः मेरो मं। प. मा सहमति रहेको भन्ने कुरै रहेन । यस्तो सार्वजनिक तथ्यको जानकारीसम्म नराखी झुठा बोल्ने प्रमको या त आफ्नै दिमाग खुस्केर होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया