जसपा बैठक : स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत, अरु के-के हुन्छ छलफल ?

लोकपथ
63
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

काठमाडौंमा आज (आईतबार) बाट शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिएको र त्यसलाई छलफल गरेर पारित गर्ने बताए । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताए ।

प्रचार विभाग प्रमुख खतिवडाले भने, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ । यो बैठक भोलिसम्म चल्नेछ । यसका मुख्य ४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रश्तुत भइरहेको छ । नवराज सुवेदीले त्यो प्रश्तुत गरिरहनु भएको छ । यसलाई हामी छलफल गरेर पारित गर्नेछौँ । दोस्रो एजेण्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित केही संगठनात्मक प्रश्तावहरु हुनेछन् । तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रस्ताव पारित गर्नेछौँ ।’

प्रचार विभाग प्रमुख खतिवडाले दुई दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?