काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले एमसीसीबारेको ब्याख्यात्मक घोषणा उचित सम्मानसहित कार्यान्वयन नभए फेरि आन्दोलन हुने चेतावनी दिए ।
एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे ।
पार्टीको प्रदेशस्तरीय स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीबारे पार्टीभित्र चुनावपछि छलफल हुने र यो बैठकबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताए । ‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला’, प्रचण्डले भने ।
उनले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उनको धारणा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया