काठमाडौं । सभामुख कृष्णबहादुर महराले सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख महराले नियमावलीमा रहेको व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नियमावलीको नियम १५ को उपनियम २ मा सम्बन्धित मन्त्रीले ५ दिनभित्र जवाफ दिने उल्लेख गरिएको छ ।
सोमबार शून्य र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुख महराले सांसदहरुले उठाएका विषयको जवाफ दिन रुलिङ गरेका हुन् ।
सांसदहरुले आफूहरुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धित मन्त्रालयले वेवास्ता गरेको भन्दै सरकारको आलोचना गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया