काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा जुटेको छ ।
कांग्रेसले स्थानीय तहको निर्वाचनको तयारीस्वरुप देशैभर केन्द्रीय प्रतिनिधि पठाउने भएको छ ।
कांग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएर स्थानीय तह निर्वाचनको प्रचारप्रसार गर्न लागेको हो ।
७७ वटै जिल्लामा खटाइने प्रतिनिधिहरुलाई भोलि पार्टी कार्यालयमा बोलाइ आवश्यक परामर्श दिइने नेपाली कांग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले लोकपथलाई जानकारी दिए ।
‘स्थानीय तह निर्वाचनको प्रचारप्रसारलाई थप तीव्र बनाउनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने तयारी भएको छ । देशैभर पठाइने प्रतिनिधिहरुलाई भोलि बोलाइएको छ । उहाँहरुलाई आवश्यक परामर्शसहित देशभर पठाइनेछ’, उनले लोकपथसँग भने ।
उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिमा रहेका, कांग्रेस पदाधिकारी रहेका, केन्द्रीय र प्रदेश सांसद तथा मन्त्री भएका, पदाधिकारी भएकाहरुबाहेक केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरुलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउन लागिएको हो ।
आवश्यक परामर्शसहित प्रतिनिधिहरुलाई फागुन २९ गतेसम्म जिल्ला–जिल्ला पठाइने तयारी रहेको उनले बताए ।
‘उहाँहरुलाई आवश्यक परामर्शसहित फागुन २९ गतेसम्म जिल्ला जिल्ला पठाइनेछ’, उनले भने ।
त्यस्तै कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे फैलिएको भ्रम चिर्नका लागि भन्दै पुस्तिका देशभर भठाउने तयारी गरेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया