काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्लाहरुमा अधिवेशन धमाधम भइरहेको छ ।
त्यसमध्ये बाँकी रहेको जिल्ला सिन्धुपाल्चोकमा आगामी फागुन २७ र २८ गते अधिवेशन हुँदैछ ।
सो क्रममा सिन्धुपाल्चोकको जिल्ला सभापतिका लागि डा. प्रेमध्वज लामाले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिमा आएका लामाको संस्थापनबाट उम्मेदावारी दिन लागेका हुन् । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत लगायत केन्द्रीय नेताहरुसँग समेत राम्रो सम्बन्ध भएका नेता लामालाई केन्द्रीय नेताहरुको समेत समर्थन रहेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँलगायत नेताहरु डा. लामाको पक्षमा देखिएका छन् ।
यस्तो छ नेता लामाको राजनीतिक इतिहास
२०२६ माघ २६ मा जन्मिएका लामा २०४३ सालदेखि नै नेविसंघ सदस्यता लिएका थिए ।
२०४६ को जनआन्दोलनमा सक्रिय सहभागी भएका उनी २०४७ मा नेविसंघको सिन्धुपाल्चोक जिल्ला सचिव बनेका थिए । २०४९ नेपाली कांग्रेस जिल्ला सदस्य भएका लामा २०४९/०५१ मा नेविसंघको तर्फबाट संयुक्त क्याम्पस स्ववियू सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।
२०५१ नेविसंघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष भए भने २०५१/२०५२ नेविसंघ केन्द्रीय सदस्य बनेका हुन् ।
२०६२र०६३ को आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका लामा २०६५ मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बने। नेपाली कांग्रेस महाधिवेशनर महासमिति सदस्य भइसकेका लामा केन्द्रीय कोभिड अनुगमन समितिका पनि सदस्य हुन्।
केन्द्रीय जनसम्पर्क समिति समन्वय विभाग सदस्य रहेका लामा विभिन्न योजना सहित आफूले जिल्ला सभापतिका लागि उम्मेदवारी दिएको बताएका छन् । भातृ संगठनहरुलाई चलायमान र सक्रिय बनाउँदै कांग्रेसलाई बलियो बनाउन, आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनदेखि लिएर युवा पुस्तासम्मलाई राजनीतिमा अग्रसर बनाउने योजनासहित आफूले उम्मेदवारी दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया