काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडुले संसदलाई जनताप्रति जवाफदेहि बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताए । संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताए । सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए । मन्त्री बडुले अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे । उनले भने– ‘उहाँहरुले नाम पनि दिनुभाछ । हुन्छ र हुन्नको प्रक्रियामा पनि उहाँहरु यद्यपी नाराबाजीमा हुनुहुन्थ्यो र बोल्नुभएन । तर समर्थन छ । त्यसकारण बहुमतका साथ यो पारित भएको छ । नाम दिनुभएको छ । अब प्रक्रिया अगाडी बढ्छ । हाम्रो चाहाना के हो भने संसद भित्र अत्यन्त जरुरी विधेयकहरु पारित हुनुपर्छ । र त्यसको निमित्त प्रमुख प्रतिपक्ष पनि त्यो प्रक्रियामा सहभागी हुनुपर्छ । छलफलमा उसको पनि सहभागिता आवश्यक छ । हामी यो आग्रह उहाँहरुलाई गरिरहेका छौँ । दश, पन्ध्र मिनेट चलाएर बन्द गर्नुपर्ने अवस्था हो भने यसको प्रयोजन रहदैन भन्ने प्रश्न जनताबाट पनि उठ्न सक्छ । त्यसकारण जनताप्रति जवाफदेही बनाउने ढंगले यसलाई भरपुर रुपमा अझ चलायमान गर्नुपर्छ । त्यसकारणले यो आग्रह हामीले गरिरहेका छौँ । मलाई लाग्छ, उहाँहरुले त्यो आग्रहलाई गम्भिरतापूर्वक लिनुभएको छ । र अब संसद सञ्चालन हुन्छ त्यस्तो अवस्था हो भने त संसद पूर्णकाल सम्म जानुपर्छ । सर्वोच्च अदालतको व्याख्या पनि संसद पूर्णकाल जानुपर्छ भन्ने छ नि त । संसद नचल्दाको अवस्थामा प्रयोजन के हो भन्ने प्रश्न उठेको बेला, स्वभाविक रुपमा यो एजेण्डा उठेको हो कि भन्ने लाग्छ अर्लि इलेक्शनको कुरा । मलाई लाग्छ कुनै एजेण्डा, प्रस्तावको रुपमा आएको पनि होइन । परिस्थितिको विश्लेषण गर्दा आएको विषय हो ।’
मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गरे । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पर्याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताए । उनले स्थानीय तहको निर्वाचन सार्नको लागि अर्लि इलेक्शनको कुरा उठाइएको पनि बताए । उनले भने–‘यो महाअभियोगको प्रक्रियालाई ठिक ढंगले उपयुक्त निष्कर्षमा पुर्याउनका लागि हामीले भुमिका खेल्न भनेर संसद सचिवालयलाई नाम दिएका हौँ । त्यो नाम आज हामीले उपलब्ध गराएका छौँ । संसदका समितिका बैठकहरुमा अहिलेपनि हामी भाग लिइरहेका छौँ । त्यसैले आजबाट यसमा संलग्न भएको भन्ने होइन । आजै पनि यो समिति पारित भइरहँदा हामी प्रतिनिधि सभाको वेलमा नारा लगाइरहेका थियौँ । अहिले आएर अचानक यो ढंगले संसद विघटन भयो भने र चुनावमा अलि चाँडो जनता बिचमा जानुप¥यो भने त्यो गएकोलाई प्रतिगमन भन्ने साथीहरुले अहिले किन यस्तो सोचाई ल्याइरहेका छन् । उहाँहरुको कतै हेरेर कतै हिर्काउने भन्ने छ नि एउटा भनाई यसबाट पनि बुझ्नुस् तपाईहरुले उहाँहरुको सोझो हिडाइ छैन । उहाँहरु मलाई लाग्छ, स्थानिय तहको निर्वाचन भत्काउन लाग्ने, त्यसलाई पर पु¥याउने, निर्वाचन हरुमै गढबढ गर्ने लगायतका कुराहरु हुन सक्छन् । तर एउटा कुरा के हो त भन्दा हामीले विशेष कारणवशमा जनतामा जाउँ न भनेकै हो । त्यसमा हामी आफ्नो भनाईमा अडिग छौँ ।’
त्यस्तै नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानून र अभ्यास बमोजिम अगाडी बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया