अन्ततः माओवादी केन्द्रको बैठक भोलिसम्मका लागि स्थगित

लोकपथ
105
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थागित गरिएको छ ।

शुक्रबारबाट सुरु भएको बैठक आजका लागि बोलाइएको थियो । बिहान ११ बजेका बोलाइएको बैठक दिउँसो २ बसेसम्मका लागि बोलाइएको थियो ।

तर आन्तरिक तयारी नपुगेको भन्दै सोमबारसम्मका लागि बैठक स्थगित गरिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले लोकपथलाई जानकारी दिए । ‘आन्तरिक छलफलका लागि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ ।’ नेता श्रेष्ठले भने ।

शुक्रबार राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ब्रिफिङ गर्ने लगायत ६ एजेण्डाहरु तयार भइ छलफल सुरु भएको थियो । सुरुको दिनको बैठकमा नेता श्रेष्ठले आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?