कालीकोटमा ३३ केभिए प्रसारण लाइन

लोकपथ
98
Shares
High voltage pylons in a beautiful landscape with colorful clouds in wintertime, taken in the Netherlands province Overijssel

कालीकोट । कालीकोटमा ३३ केभिए प्रसारण लाइन जडान हुने भएको छ । यसभन्दा अघि दैलेखेको दुल्लुदेखि कालीकोटहुँदै जुम्लासम्म ११ केभिए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभिए विद्युत् प्रसारण लाइन जडान लागेको हो ।

विगतमा कालीकोट र जुम्लामा ११ केभिए प्रसारण लाइन भएको र त्यसले विद्युत्को मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभिए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताए । ‘विगतका ११ केभिए प्रसारण विद्युत् प्रसारण लाइनले माग अनुसारको धान्न सकेन्’, उनले भने ‘माग अनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभिए प्रसारण गर्न लागिएको हो ।’

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिबारदेखि आउँदो आइतबारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ । ३३ केभिए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युत्का पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिए ।

कर्णाली प्रदेशका १० जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझैँ विद्युत्को राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन् । कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युतको ११ केभिए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?