माओवादी केन्द्रको बैठक : यी ६ एजेण्डामा हुँदैछ छलफल

लोकपथ
189
Shares

काठमाडौं । आज (शुक्रबार) बाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न ६ एजेण्डामाथि छलफल हुने भएको छ ।

पार्टी संगठन निर्माणदेखि पछिल्ला घटनाक्रमका बारेमा छलफलका लागि आजका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । दिउँसो १ बजेबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा सुरु भएको बैठकमा छलफल जारी रहेको छ ।

बैठकमा श्रद्धान्जली सभा, अध्यक्षबाट रिपोटिङ, पार्टी संगठन निर्माण लगायतका एजेण्डाहरु तय गरिएको बैठकमा उपस्थित माओवादी केन्द्रका एक सदस्यले जानकारी दिए ।

यस्ता छन् एजेण्डा

१. श्रद्धान्जली
२. रिर्पोटिङ
क) अध्यक्षबाट रिर्पोटिङ
ख) एमसीसीबारे

३. संगठन
क) केन्द्रीय सदस्य थप
ख) पोलिट ब्युरो
ग) स्थायी कमिटी, पदाधिकारी

४. कार्यविभाजनबारे
५. स्थानीय निर्वाचनबारे
६. विविध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?