कैलाली । नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि कोइराला समूह निर्णायक बनेको छ । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणमा प्रवेश गरेको निर्वाचनमा सो समुह निर्णायक बनेको हो ।
जिल्लामा सो समुहका पाँच सय बढी मतदाता भएपनि उम्मेदवार कलेलले सो अनुसारको मत पाउन सकेनन् । उनले एक सय ९७ मतमात्र प्राप्त गरे । अब दोस्रो चरणको निर्वाचनमा बढी मतदाता रहेका सो समुहका नेता स–सम्मान साथ उचित पद दिनेलाई समर्थन गर्ने गरी वार्तामा छन् ।
कोइरालामा निर्वाचन क्षेत्र नम्बर-२ मा भारी मत रहेको छ । सो क्षेत्रमा चार सय ८२ मतदाता रहेका छन्। सोमध्ये ९५ मत कलेलले पाएका थिए । सो क्षेत्रमा सो समुहका कमलबहादुर शाहको बलियो पकड रहेको छ । उनले पहिलो चरणमा स्वतन्त्र रुपमा आत्मनिर्णय अनुसार मतदान गर्न लगाएका थिए । सो कारण मतभार विभाजन भएको थियो । शाहले महासमिति सदस्यमा तीन सय ८७ मत पाएका थिए । सोही क्षेत्रका प्रभावशाली नेता मोहनसिंह राठौरले दुई सय ९२ मत प्राप्त गरेका थिए ।
‘शाहसँग एक सय ६० देखि एक सय ७० मत सुरक्षित छ’ उनी निकट एक कार्यकर्ताले भने –‘दोस्रो चरणमा उनले स्वमूल्यांकन भन्दा पनि अब जसले राम्रो अफर दिन्छ त्यही तिम त खसाल्न तयारीमा छ’ उनले भने –‘जुन समुहले स–सम्मानका साथ उचित स्थान दिन्छ । त्यसलाई मतदान गर्न लगाउने छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया