माधवकुमार नेपालले एमसीसीबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै

लोकपथ
84
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि त्यसको बारेमा जानकारी दिन एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो । यथास्थितीमा एमसीसी पास गर्न नहुने मत राख्दै आएको एसले अन्ततः व्याख्यात्मक विश्लेषणसहित एमसीसीको पक्षमा मत दिएको थियो ।

यता सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्रले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । भने प्रतिपक्षी दल नेकपा एमालेले आजै पत्रकार सम्मेलन गरि एमसीसीबारे आ(आफ्नो धारणा सार्वजनिक गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?