काठमाडौं । नेपाली कांग्रेस कैलालीको मतगणना तोकिएको समयभन्दा पाँच घण्टा पछि सुरु भएको छ ।
आइतबार साँझ सकिएको मतदान मतगणना सोमबार १० बजे सुरु हुने भने पनि तीन पक्षबीच सहमति नहुँदा मतगणना अघि बढ्न सकेको थिएन ।
तीनै पक्षले आफ्नै अडानमा अडिक रहेकाले सहमति हुन सकेको थिएन । सभापतिका उम्मेदबार प्रकाश बमले आफ्नो अडानबाट पछि हटेपछि प्रक्रिया अगाडि बढेको निर्वाचन समितिले जनाएको छ ।
भट्टले मतदान भएकै प्रक्रियाअनुसार निर्वाचन क्षेत्र अनुसारकै मतपेटिकाको मतपत्र गणना गर्नुपर्ने माग राखेका थिए । अहिले सोही सहमतिका आधारमा मतगणना अघि बढाइएको निर्वाचन समितिका टेकप्रसाद सुवेदीले जानकारी दिए ।
२ हजार ५७६ प्रतिनिधि रहेको जिल्लामा २ हजार ४८५ ले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदाताहरुले पहिलो चरणमै सभापति पदका दाबेदार कसैले पनि ५१ प्रतिशत नपाउने आकलन गरेका छन् ।
सभापतिका लागि संस्थापन पक्षका नारायण दत्त भट्ट, प्रकाश बम र इतर समूहका रामबहादुर कलेल प्रतिस्पर्धामा रहेका छन । उनीहरु कसैले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्ने आकलनसहित दोस्रो चरणको निर्वाचन हुन सक्ने सम्भावना रहेको छ ।
तर, भोलि शिवरात्री भएकाकारण जिल्लामा सो निर्वाचन हुन वा नहुने अहिलेसम्म केही भनिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया