काठमाडौं । अमेरिकी सहयोग परियोजना ९एमसीसी०माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
आजको बैठकमा एमसीसी माथि सैद्धान्तिक छलफल भएको छ । सम्झौताको सैद्धान्तिक पक्षमा रहेर विभिन्न दलका सांसदहरुले पक्ष विपक्षमा आ-आफ्नो धारणा राखेका थिए ।
सैद्धान्तिक छलफल सकिएर प्रस्ताव पारित भएसँगै बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि विरोध कायमै राखेको छ । यद्यपी विरोधकाबीच एमसीसीबारे संसदमा छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया