‘एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकालाई छ, अनुमोदन गर्न हुँदैन’

लोकपथ
238
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एमसीसी सम्झौताको व्याख्याको अधिकार अमेरिकासँग रहने उल्लेख भएकाले सदनबाट पारित गर्न नहुने बताएकी छन् ।

प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले एमसीसी सम्झौताका केही बुँदा उल्लेख गर्दै राष्ट्रहित विपरीत रहेकाले खारेज गर्नुपर्ने बताइन् ।

एमसीसी सम्झौता पारित गरेर आत्मघाती कार्य गर्न नहुने भन्दै उनले सम्झौता अनुमोदन गरेमा यसमा भएका सर्त परियोजनाको समय सकिए पनि लागू भइरहने दाबी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?