काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आफ्नो पालामा केही पनि सम्झौता नभएको दाबी गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसीसम्बन्धी छलफलमा भाग लिँदै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले मानिसहरुले आफ्नो पालामा सम्झौता भएको भने पनि त्यसो नभएको बताए ।
‘धेरै मानिसहरु के हल्ला गरिरहेका छन् भने यो त झलनाथ खनालको पालाबाट सुरुवात भएको हो भनिरहेका छन् म यो सदनलाई जानकारी गराउँन चाहान्छु सभामुख मयोदय मेरो पालमा यस बारेमा केही पनि भएको छैन । मैले कुनै सहमति गरेको छैन । न शैद्धान्तिक सहमति गरेको छु । न कुनै व्यवहारिक सम्झौता गरेको छु । न कुनै चिठि पत्र नै लेखेको छु । केही पनि भएको छैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले भने ।
तर २०६८ सालमा तत्कालिन झलनाथ खनाल नेतृत्वको सरकारले पहिलोपटक एमसीसी सम्झौताका लागि प्रेस नोट पठाइएको थियो । त्यसपछिका सरकारले त्यसबारे एक एक विषयमा सम्झौता हुँदै आइरहेको छ ।
त्यस्तै एमसीसीका विषयमा सडकबाट आन्दोलन भएको र त्यसमा लाग्नेहरुलाई प्रहरीले लाठीचार्ज भएको भन्दै आपत्ति जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया