काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका छन् ।
दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । अन्य दलका नेताहरु छलफलमा व्यस्त रहेका कारण अझै प्रतिनिधि सभा बैठक सुरु हुन नसकेको हो ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको तयारी रहेको छ । त्यसको तयारीस्वरुप अन्य दलका नेताहरु संसद भवन जाने क्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया