काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्न सत्तारुढ गठबन्धनका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा एमसीसी पास हुने भएपछि सत्ता गठबन्धनका नेताहरुबीच भेटघाट भएको हो ।
बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटघाट भएको हो ।
भेटघाटका क्रममा आजको बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल भएको छ ।
गठबन्धनको बैठकमा एमसीसी पास गर्नका लागि सहमति दिए पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले संसद र सडकमा एमसीसीको विरोध गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया