राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुनर्गठित पार्टी घोषणा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । शनिबार थापाले राजधानीमा एक कार्यक्रममार्फत राप्रपा नेपालको औपचारिक घोषणा गरेका थिए ।
यस्तै आज भने केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । राप्रपा नेता लाक्पा तामाङले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक धुम्बाराहीमा बोलाइएको बताए । बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी रणनीति लगायतका विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया